Skip This
विपिन जोशीको रिहाइका लागि सरकार लागिपरेको छ : मन्त्री साउद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २ शनिबार
  • Friday, 26 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o मङ्सिर २ शनिबार १६:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपिन जोशीको रिहाइका लागि सरकार लागिपरेको छ : मन्त्री साउद

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o मङ्सिर २ शनिबार १६:o७:oo

परराष्ट्रमन्त्री एनपी साउदले हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकार लागिपरेको बताएका छन्।

शनिबार शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री साउदले कूटनीतिक पहल गरेर जोशीको रिहाइमा लागिपर्ने बताएका हुन्। परराष्ट्रमन्त्री साउदले विपिन जोशीको रिहाइका लागि विभिन्न मुलुकसहितका पक्षसँग पहल भइरहेको बताए।

‘विपिन जोशीको सकुशल रिहाइका लागि मैले कतार, अमेरिकी सरकारका विदेशमन्त्रीसँग पनि पटक-पटक पहल गरेको छु,’ उनले भने, ‘अन्तर्राष्ट्रिय रेडक्रस पनि लागेको छ। आज मात्रै मैले इजरायलस्थित नेपाली राजदूतसँगसमेत छलफल गरेको छु।’

अमेरिकी सरकारले आगामी २१ नोभेम्बरमा आफ्ना देशका नागरिकको उद्धारका क्रममा विपिन जोशीको रिहाइकोसमेत कुराकानी गरेको उनले बताए। इजरायल सरकारसँग सम्पर्क गर्दा विपिन जोशीलाई बन्धक बनाएर गाजा क्षेत्रमा सुरक्षित राखेको जानकारी आएको बताउँदै मन्त्री साउदले सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय निकायसँग अनुरोध गरेको बताए।

शनिबार महेन्द्रनगरमा विपिन जोशीका आमाबाबुले मन्त्री साउदलाई भेटेरै यथाशीघ्र उनको रिहाइका लागि माग अघि सारेका थिए।

मन्त्री साउदले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि अर्धन्यायिक आयोगमार्फत समस्या समाधान गरिने आश्वासन दिए। ‘आरक्षपीडितलाई जमिन वा मुआब्जा दिएरै भए पनि समस्या समाधान गर्न सरकार लागिपरेको छ,’ उनले भने, ‘अब पीडितलाई धेरै पर्खाउनुहुँदैन।’