१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १ शुक्रबार
  • Monday, 14 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १ शुक्रबार १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेस युनियनद्वारा १५ विभाग गठन, विभागीय जिम्मेवारी तोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १ शुक्रबार १८:४९:oo

नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ। प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन्।

प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन, २०७९) परिच्छेद ४, धारा २८ बमोजिम युनियनका १५ वटा विभिन्न विभाग गठन गरिएको हो। युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले अनुशासन विभागको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, उपाध्यक्षहरू नकुल अर्यालले प्रशिक्षण, भीष्मराज ओझाले समन्वय, दीपेन्द्र वान्तबाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवर्द्धन, माधव अर्यालले आचारसंहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा. मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवर्द्धन, अनिलकुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवर्द्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ। युनियनका महासचिव दिलीप पौडेल संगठन विभाग प्रमुख र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारीमा छन्।

विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताए। विभागको विस्तार क्रमशः गर्दै लैजाने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए।