१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस मनिला
२o८१ बैशाख २१ शुक्रबार १६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

Read Time : < 1 मिनेट
रासस, मनिला
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१३:oo

दक्षिण फिलिपिन्समा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले बताएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन् ।

ग्रिनविच मिन टाइमअनुसार बिहान ८ः१४ मा ७८ किलोमिटर गहिराइमा मुख्य दक्षिणी द्वीप मिन्डानाओको सारांगानी प्रान्तमा भूकम्प गएपछि सुनामीको कुनै खतरा भने नभएको युएसजिएसले एक विज्ञप्तिमा जनाएको छ।

हताहतको तत्काल कुनै खबर आएको छैन। यद्यपि, पहाडी द्वीपको फराकिलो क्षेत्रमा भूकम्प महसुस गरिएको छ। ‘मैले अनुभव गरेकोमध्ये यो सबैभन्दा शक्तिशाली भूकम्प थियो,’ भूकम्पको केन्द्रबिन्दुबाट करिब दुई सय किलोमिटर टाढा रहेको डाभाओ सहरमा एक कार्यक्रममा भाग लिन आएकी २७ वर्षीया केसिया लेरानले भनिन्, ‘मेरो वरपरका मानिसहरू आतंकित हुँदै बाहिर जान दौडिरहेका थिए, यहाँ कार्यक्रममा सयौँ मानिस छन्, त्यसैले मलाई भागदौड हुन्छ भन्ने डर थियो।’

प्यासिफिक ‘रिङ अफ फायर’का छेउमा रहेको फिलिपिन्समा भूकम्पहरू जानु सामान्य घटना हुन्। ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय र ज्वालामुखी गतिविधिको चाप हो । यो जापानबाट दक्षिणपूर्व एसिया र प्रशान्त बेसिनसम्म फैलिएको छ।

ad
ad