Skip This
बादी बस्तीमा राहत वितरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १ शुक्रबार १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बादी बस्तीमा राहत वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १ शुक्रबार १३:५५:oo

सदरमुकामको गणेशचौकनजिक नमुना बस्तीमा ०५८ देखि अस्थायी टहरा निर्माण गरेर बसोवास गरिरहेका भूमिहीन बादी समुदायलाई चाडबाडका वेलामा खाद्यान्न अभाव देखिएपछि राहत वितरण गरिएको छ। 

नमुना बस्तीका १७ जना बालबालिकालाई काठमाडौंमा निःशुल्क अध्यापन गराइरहेको संस्था लभ एन्ड होपले दसैँ र तिहारमा ५० बोरी चामल वितरण गरेको हो।

बादी समुदायका ४० र अन्य समुदायका १० घर गरेर ५० घरलाई ५० बोरी चामल वितरण गरिएको छ। नारायण नगरपालिकाको सहकार्यमा बस्तीका बासिन्दाहरूका लागि सुरक्षित वासलगायतका अन्य कामहरू गर्ने तयारी गरिएको र नगरपालिकाकै सहकार्यमा राहत वितरण गरिएको लभ एन्ड होपका अध्यक्ष शम्भु पोखरेलले बताए।  

उनले चिसो सिजनलगायतका अन्य विभिन्न समयमा आउने समस्याहरू र त्यसको समाधानका लागि नारायण नगरपालिकासँग सहकार्य गरेर काम गर्ने बताएका छन्। 

नारायण नगरपालिकाको सिफारिसमा बस्तीका १७ जना बालबालिका निःशुल्क रूपमा काठमाडौंमा अध्ययन गरिरहेका छन, संस्थाले नगरपालिकासँग समन्वय गरेको छ, अन्य कामहरूका लागि पनि संस्थालाई जानकारी गराएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले जानकारी दिएका छन्। 

राहत वितरणले केही मात्रामा बस्तीका बासिन्दाको खाद्यान्न समस्या समाधानमा मद्दत पुगेको दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेश श्रेष्ठले जानकारी दिएका छन्। बस्तीका बासिन्दाहरूका लागि सुरक्षित वासस्थान निकै जरुरी रहेको मनु बादीले जानकारी दिएकी छिन्। 

०५८ सालदेखि भिरालो जमिनमा असुरक्षित बसोवास गरिरहेका भूमिहीन बादी समुदायका लागि सुरक्षित आवाससँगै लालपुर्जाको प्रक्रिया सुरु गरिएको भए पनि सार्वजनिक र उपयुक्त जग्गा अभावले अहिले पनि भिरालोमै बस्नुपर्ने बाध्यता कायमै छ।