Skip This
अदालतमा उजागर भएको गुगलको बदमासी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १ शुक्रबार
  • Tuesday, 08 October, 2024
जे ब्य्राडफोर्ड डिलोङ
२o८o मङ्सिर १ शुक्रबार १o:१४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अदालतमा उजागर भएको गुगलको बदमासी 

Read Time : > 2 मिनेट
जे ब्य्राडफोर्ड डिलोङ
नयाँ पत्रिका
२o८o मङ्सिर १ शुक्रबार १o:१४:oo

स्मार्टफोन र अन्य उपकरणमा ‘डिफल्ट सर्च इन्जिन’का रूपमा आफूलाई सुरक्षित बनाउन गुगलले ठूलो रकम खर्चिंदै आएको छ

गलविरुद्ध चलिरहेको अदालती सुनुवाइ (एन्टिट्रस्ट ट्रायल) का क्रममा स्मार्टफोन र अन्य उपकरणमा ‘डिफल्ट सर्च इन्जिन’का रूपमा आफूलाई सुरक्षित बनाउन गुगलले विभिन्न कम्पनीलाई ठूलो रकम भुक्तानी गर्दै आएको खुलेको छ । सन् २०२१ मा गुगलले यसका लागि २६ अर्ब डलर भुक्तानी गरेको थियो । जसमध्ये प्रमुख प्रविधि कम्पनी एप्पललाई मात्र १८ अर्ब डलर भुक्तानी गरेको देखिन्छ । पहिलेदेखि नै गुगलले ठूलो रकम भुक्तानी गर्छ भन्ने अनुमान भए पनि उसले भुक्तानीको तथ्यांकलाई गोप्य राख्दै आएको थियो, तर अहिले भने यसको खुलासा भएको छ । 

आखिर गुगलले आइफोनलाई यति धेरै रकम किन भुक्तानी गर्छ ? आइफोनमा ‘गुगल सर्च इन्जिन’ स्वतः डिफल्ट सर्च इन्जिनका रूपमा रहोस् भन्ने सुनिश्चित गर्न गुगलले एप्पललाई यति ठूलो रकम तिर्छ । जब तपाईं एक नयाँ आइफोन चलाउन थाल्नुहुन्छ, एप्पलले तपाईंलाई उसैको वेब ब्राउजर सफारीको छनोट गर्ने विकल्प दिनुपथ्र्यो, तर एप्पलले यसो गर्दैन । बरु यसले गुगललाई डिफल्ट सर्च इन्जिनका रूपमा देखाउँछ । उसो त प्रयोगकर्ताले एप्पलको सेटिङमा याहु, बिङ, डकडकगो वा इकोसियाजस्ता सर्च इन्जिनका विकल्प पनि रोज्न त सक्छन्, तर यी विकल्प बिरलै रोजिन्छन् । अर्थात् गुगल सर्च इन्जिनको विकल्पमा प्रयोगकर्ताले अन्य सर्च इन्जिन नरोजून् भन्ने प्रत्याभूतिका लागि गुगल कम्पनीले एप्पललाई अर्बौं डलर भुक्तानी गर्छ । 

यस मामिलामा विभिन्न दृष्टिकोण मौजुद छन् । कतिपयले गुगललाई गलत भनेर तर्क गर्न सक्छन् भने कतिपयले एप्पलतर्फ औँला ठड्याउन सक्छन् । एप्पलले प्रयोगकर्तालाई छनोटको अनुमति दिनुको सट्टा ठूलो रकम लिएर गुगललाई प्राथमिकता दिनुलाई अनुचित मान्न सकिन्छ । अर्कातर्फ आफू उत्कृष्ट सर्च इन्जिन हुँदाहुँदै पनि रकम तिर्नुपर्दा गुगल नै पीडितका रूपमा देखिन पनि सक्छ । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेका कम्पनीले स्वाभाविक रूपमा गुगल रोज्छन् । गुगललाई निःशुल्क पूर्वनिर्धारित वा स्वाभाविक सर्च इन्जिन बनाउनुको साटो एप्पलले गुगललाई स्वाभाविक सर्च इन्जिन बनाएबापत ठूलो मात्रामा रकम असुल्छ । यो अवस्थामा एप्पलले अन्यको व्यापारलाई सीमित गर्न र प्रतिस्पर्धालाई विकृत गर्न आफ्नो दबदबा देखाएको भन्न पनि सकिन्छ ।

एप्पल ठूलो लगानी र अनुपम रचनात्मकतामार्फत हार्डवेयर र सफ्टवेयर मूल्य शृंखला दुवैमा अग्रणी सेवा प्रदायक बनेको छ । एप्पलको प्रयासले बनेको आइओएस प्लेटफर्मले मानव मुक्तिका लागि आवश्यक एक प्रभावशाली शक्ति, सूचना, सञ्चार र मनोरञ्जन प्रविधिमा बहुमूल्य पहुँच प्रदान गरेको छ ।

यस्तो नवप्रवर्तनलाई आर्थिक पुरस्कारमा मात्रै सीमित गर्नु हुँदैन यी पुरस्कारले बृहत् उद्देश्य पनि पूरा गर्नुपर्छ । यिनले अन्य वर्तमान र भविष्यका नवप्रवर्तकलाई उत्पादन र सेवा सिर्जना गर्नमा ध्यान केन्द्रित गर्न प्रोत्साहन गर्नुपर्छ, जुन वास्तविक रूपमा उपयोगी छन् । यो विचार ‘क्रिप्टोकरेन्सी ग्रिफ्ट’जस्ता सामाजिक रूपमा हानिकारक गतिविधि पछ्याउनेहरूको भन्दा विपरीत छ । एप्पलले एक उत्पादनका रूपमा आइफोन बेच्न सक्छ । तर, एप्पलले विभिन्न कम्पनीलाई आफ्ना प्रयोगकर्ताको ध्यानलाई ठूलो धनराशी लिएर बेच्न सक्छ । यस अर्थमा एप्पलले आफूले बेच्न सक्ने सेवा (प्रयोगकर्ताको ध्यान) का लागि किन पैसा नलिनु ?

तर केहिले प्रयोगकर्तालाई सर्च इन्जिनबीच निष्पक्षता प्रवद्र्धन गर्न विकल्प दिनुपर्छ भनेर पैरवी गर्न सक्छन् । यदि गुगलले सर्च इन्जिनको ६० प्रतिशत हिस्सा ओगट्छ भने बाँकी चार अन्य सर्च इन्जिनले १० प्रतिशत हिस्सा ओगट्छन् । तर, यदि पूर्ण रूपमा जानकारी नभएका वा साँच्चै ध्यान नदिने प्रयोगकर्ताले अन्जानमा निम्नस्तरको सेवा रोजे के हुन्छ ? समग्र वास्तविक–विश्व प्रयोगकर्ता अनुभव अमूर्त ‘बराबरीको प्रतिस्पर्धामा’को गर्तमा फस्नेछ । 

यी प्रत्येक दलिललाई निःसन्देह तर्कका रूपमा प्रस्तुत गर्न सकिन्छ । उच्च पारिश्रमिक लिने वकिल र अर्थशास्त्रीलाई पहिले नै यी तर्कलाई जायज ठह¥याउन र समर्थन जुटाउन आवश्यक प्रमाण सिर्जना गर्न ठूलो मात्रामा रकम भुक्तान हुने गर्छ । कुन प्रमाण तथ्यनजिक छ वा अत्यधिक तर्कसंगत छ भन्ने पत्ता लगाउनु निकै अप्ठ्यारो काम हो । यो मामिला नै जटिल भएको अवस्थामा मानवीय ध्यानले कसरी काम गर्छ होला ? र, कसले मानवीय ध्यानलाई आकर्षित गर्ने, निर्देशित गर्ने र प्रयोग गर्ने अधिकार पाउला ?

आधुनिककालको प्रारम्भमा पोल्यान्डमा कुलीनसँग आफ्नो दासको निरीक्षण गर्ने र खेतमा यी दासको श्रमले उत्पादन गरेको सम्पत्तिबाट लाभ उठाउने अधिकार थियो । जब दास भाग्ने कोसिस गर्थे, तब कोस्याक लडाकुले तिनलाई खोज्थे र खोजेबापत केही रकम पुरस्कार पाउँथे । यस अर्थमा केही टिप्पणीकारले यो ऐतिहासिक परिस्थिति र हाम्रो वर्तमान युगको बीचमा समानतालाई एक ठाउँमा ल्याएर सम्भावित ‘प्राविधि सामन्तवाद’ भनेर व्याख्या गर्नु अस्वाभाविक होइन । स्मरण रहोस्, ‘प्रविधि सामन्तवाद’ शब्दावलीको प्रयोग ग्रिक अर्थशास्त्री यानिस भारुफाकिसले गरेका हुन् ।  

तर, मलाई यो शब्दावली भने उचित लाग्दैन, किनभने यसले ध्यान–सूचना अर्थतन्त्रले कसरी काम गर्छ भन्ने त्रुटिपूर्ण तुलनात्मक शब्दावलीको निर्माण गर्छ । मेरो समस्या भनेको मैले उपयुक्त बिम्बको सिर्जना गर्न सक्दिनँ । एक उपयुक्त बिम्बको सूत्रपात गर्दा नै हामीले निर्माण गरेको विश्वलाई व्याख्या गर्न सकिन्छ । 

(डिलोङ क्यालिफोर्निया विश्वविद्यालय बक्र्लेका अर्थशास्त्रका प्राध्यापक हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट