मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०८० कार्तिक २४ शुक्रबार १७:५३:००
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

शर्मा नेतृत्वको एनआरएनए टोलीद्वारा राहत सामग्री हस्तान्तरण

Read Time : < 1 मिनेट
२०८० कार्तिक २४ शुक्रबार १७:५३:००

राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोटका भूकम्प प्रभावितहरूलाई राहत सामग्री हस्तान्तरण गरेको छ।

काठमाडौंबाट शर्मा नेतृत्वको टोलीले जाजरकोट भूकम्पको इपिसेन्टर नलगाड पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो। शर्मा नेतृत्वको संघका तर्फबाट अध्यक्ष शर्मा स्वयं र महासचिव बुद्धिसागर सुवेदीले त्रिपाल पाँच सय सय थान, म्याट्रेस दुई हजार मिटर, ब्ल्यांकेट–कम्बल सात सय ५० थान र चामल ५० बोरा हस्तान्तरण गरेका हुन्।

एनआरएनएको सो टोलीले भूकम्प प्रभावित नागरिकका लागि राहत सामग्रीहरू नगरपालिकालाई हस्तान्तरण गरेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नारायण खत्रीले जानकारी दिए।

भूकम्प गएपछि एनआरएनए शर्मा नेतृत्वको टोली सुरुमा बाँकेको नेपालगन्ज पुगेर घाइतेहरूलाई आर्थिक सहयोग गरेको थियो भने सोमबार रुकुम पश्चिम पुगेको थियो।

टोलीमा शर्मासहित निवर्तमान अध्यक्ष रविना थापा, निवर्तमान उपाध्यक्ष नरेन्द्र भाट, उपाध्यक्ष राज रेग्मी, गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी, सचिव लोक दाहाल, युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप महिला संयोजक गीता खनाल थापा, एनआरएनए अभियन्ता नारायण थापा, शनिकुमार ओली, बन्दना शर्मा, ओम शर्मालगायत छन्।

राहत हस्तान्तरण गरेपछि अध्यक्ष शर्माले विदेशमा बस्ने नेपालीहरूले उठाएर प्रारम्भिक राहतका लागि सामग्री ल्याएको बताए। राहत नपाएका ठाउँका प्रभावितहरूलाई पुर्‍याइदिन पनि अध्यक्ष शर्माले आग्रह गर्दै एनआरएनए विदेशमा बस्ने ८० लाख नेपालीको भावनासँग जोडिएकाले वास्तविक प्रभावितसमक्ष पुग्नेमा आफू आशावादी रहेको बताए। 

भूकम्पपछिको पुनर्निर्माणका काममा पनि एनआरएनएले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अब भूकम्प प्रभावित घरहरू बनाउन आवश्यक रहेको भन्दै त्यसको डिजाइनलगायतका कुरामा एनआरएनले सहयोग गर्ने शर्माले प्रस्ट पारे।