डिजिटल वालेट ‘आइएमई पे’ र नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टबीच भएको रणनीतिक साझेदारी सम्झौताअन्तर्गत यही नोभेम्बर २४ देखि हुने नेपाल सुपर लिग २०२३ का लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ।
नेपाल सुपर लिग (एनएसएल) नेपालको प्रमुख खेलहरूमध्ये एक हो, जसमा बहुसंख्यक खेलप्रेमीहरूको चासो रहेको छ । जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने आइएमई पेले विश्वास लिएको छ।
यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन्।’आइएमई पे’को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागू गर्न सकिने भएकाले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताएका छन्।