१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपप्रधानमन्त्री खड्काको युएई भ्रमण स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o७:oo

उपप्रधानमन्त्री  एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको आसन्न युएई भ्रमण स्थगित भएको छ । जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍याएको भूकम्पका कारण २७ कात्तिकका लागि तय भएको संयुक्त अरब इमिरेट्स (युएई)कोे भ्रमण खड्काले स्थगित गरेका हुन् ।

दुबईमा आयोजना हुन लागेको १८औँ दुबई एयर–सो, २०२३ मा भाग लिन युएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा बिहीबार उनी युएई जान लागेका थिए । रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले विज्ञप्तिमा निकालेर उद्धार र राहतमा सक्रिय रहनुपर्ने भएकाले भ्रमण स्थगित गरेको जानकारी दिएका छन् ।

ad
ad