१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ : सेमिफाइनल दौडमा न्युजिल्यान्ड बलियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४६:oo

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डको सेमिफाइनल खेल्ने सम्भावना बलियो देखिएको छ । श्रीलंकालाई पाँच विकेटले हराउँदै न्युजिल्यान्डले अन्तिम चारको सम्भावना प्रबल बनाएको हो । बेंग्लोरमा पहिलो ब्याटिङ गरेको श्रीलंका ४६.४ ओभरमा १७१ रनमा अलआउट भयो । प्रत्युत्तरमा न्युजिल्यान्डले २३.२ ओभरमा पाँच विकेटको क्षतिमा १७२ रन बनायो । जितसँगै न्युजिल्यान्डले नौ खेलबाट १० अंक जोडेको छ । 

अन्तिम चारको दौडमा न्युजिल्यान्डसँगै पाकिस्तान र अफगानिस्तान रहेका छन् । पाकिस्तान र अफगानिस्तानले आठ खेलबाट समान ८ अंक जोडेका छन् । रनरेटमा पाकिस्तान माथि छ । अब पाकिस्तानले अन्तिम चारको स्थान पक्का गर्न इंग्ल्यान्डविरुद्धको खेलमा विशाल अन्तरले जित निकाल्नुपर्छ । पाकिस्तान र अफगानिस्तान आ–आफ्नो अन्तिम खेलमा पराजित हुँदा न्युजिल्यान्ड सहजै सेमिफाइनलमा पुग्नेछ । दुवै टोलीले जित निकाल्दा समान १० अंक हुनेछ । यस्तो अवस्थामा रनरेट आधार बनाइनेछ । श्रीलंकामाथिको सानदार जितले न्युजिल्यान्डको रनरेट पाकिस्तान र अफगानिस्तानको भन्दा निकै बलियो छ । 

बलियो साझेदारी
श्रीलंकाविरुद्ध सहज लक्ष्य पछ्याएको न्युजिल्यान्डले ओपनिङ उत्कृष्ट पायो । डेभोन कोन्वे र रचिन रवीन्द्रले पहिलो विकेटका लागि १२.२ ओभरमा ८६ रन बनाए । डेभोनले ४२ बलमा नौ चौकाको सहयोगमा ४५ रन जोडे । इनिङ्सको १३.३ ओभरमा रवीन्द्र पनि आउट भए । उनले ६१ बलमा समान तीन चौका र छक्का प्रहार गरी ४२ रनको योगदान दिए । त्यसपछि मिचेलले ३१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ४३ रन बटुले । श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले २९ रन खर्चेर दुई विकेट हात पारे । 

बोल्टको कसिलो बलिङ
पहिलो ब्याटिङ गरेको श्रीलंकाले न्युजिल्यान्डका फास्ट बलर ट्रेन्ट बोल्टको घातक बलिङको सामना गर्न सकेन । बोल्टले १० ओभरमा तीन मेडन राखी ३७ रन खर्चेर श्रीलंकाका तीनजना मुख्य ब्याट्सम्यानलाई आउट पारे । यसैगरी फर्गुसनले ३५ रन खर्चेर दुई विकेट लिए । मिचेल सान्टर र रवीन्द्रले समान दुई विकेट लिए ।  फितलो ब्याटिङ गरेको श्रीलंकाको इनिङ्समा ओपनर कुशल परेराले सर्वाधिक ५१ रन जोडे । उनले २८ बलमा नौ चौका र दुई छक्का प्रहार गरेका थिए । इनिङ्सको एक समय श्रीलंका १२८÷९ को स्थितिमा थियो । महिस थिक्षणा र दिल्सान मदुसंकाले दशौँ विकेटका लागि ४३ रनको साझेदारी गर्दै श्रीलंकाललाई १७१ रनको योगफलसम्म पु¥याए । महिसले ९१ बलमा ३८ र दिल्सानले ४८ बलमा १९ रन जोडे । 

ad
ad