Skip This
सामाजिक सञ्जाल दुरुपयोग गरी चरित्रहत्या गर्ने एकजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Saturday, 27 July, 2024
रासस काठमाडौं
२o८o कार्तिक २३ बिहीबार १६:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जाल दुरुपयोग गरी चरित्रहत्या गर्ने एकजना पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार १६:१५:oo

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल टिकटक र फेसबुकको दुरुपयोग गरी चरित्रहत्या गर्ने एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका स्थायी घर भई काठमाडौं बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन्।

प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार  सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको हो।

महतोलाई विद्युतीय कारोबार ऐनअनुसार कसुरमा काठमाडौंबाट पक्राउ गरी जिल्ला अदालतको आदेशले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए।