Skip This
कोशी प्रदेश सभामा  पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o८o कार्तिक २३ बिहीबार o८:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशी प्रदेश सभामा  पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदै 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार o८:४५:oo

कोशी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । मुख्यमन्त्री केदार कार्कीको आग्रहअनुसार (आज) बिहीबार ११ बजे बिहान बस्ने कोशी प्रदेश सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रम हुने भएको हो ।

कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभा सञ्चालन नियमावली, २०७४ पहिलो संशाेधनको परिच्छेद ९ अनुसार प्रश्नोत्तर र ध्यानाकर्षणसम्बन्धी व्यवस्थाअनुसार दफा ४० र ४१ बमोजिम सांसदहरूले मुख्यमन्त्रीलाई संसदमा प्रश्न गर्नेछन् । 

मुख्यमन्त्रीसँग प्रश्न गर्नका लागि १० जना सांसदले प्रश्न दर्ता गराइसकेको र उत्तरका लागि तयारी गर्न मुख्यमन्त्रीलाई प्रश्न टिपाइसकेको सचिव पराजुलीले बताए । सचिव पराजुलीका अनुसार सांसदहरूले मुख्यमन्त्रीसँग एकपटक पूरक प्रश्न पनि गर्न पाउनेछन् । 

कोशी प्रदेश सभाको पहिलो कार्यकालमा नियमावलीमा व्यवस्था भए पनि एकपटक पनि मुख्यमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएको थिएन । तर, मुख्यमन्त्री कार्कीले संसद्लाई जनमुखी र जवाफदेही बनाउन आफ्नो कार्यकालको सुरुवातमै भए पनि सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम राखेको बताएका छन् । 

कोशी प्रदेश सभा सञ्चालन नियमावलीमा बैठकमा प्रश्नोत्तर र ध्यानाकर्षणसहित शून्य र विशेष समयमा बोल्न पाउने अनि नियमापत्ती गर्न पाउने व्यवस्था छ ।