Skip This
आइएमई ग्रुपले गर्‍यो प्रधानमन्त्री दाहाललाई डेढ करोडको चेक हस्तान्तरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २२ बुधबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २२ बुधबार ११:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई ग्रुपले गर्‍यो प्रधानमन्त्री दाहाललाई डेढ करोडको चेक हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २२ बुधबार ११:२६:oo

आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम–पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा गरेको सहयोग रकम एक करोड ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवद्र्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र मुख्यसचिव डा. वैकुण्ठ अर्यालसमेतको उपस्थिति थियो  ।

यसैगरी आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललगायतको पनि उपस्थिति थियो ।