१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

जाडोमा किन सधैँ वायु प्रदूषणबाट आक्रान्त हुन्छ दिल्ली ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१२:oo

भारतको राजधानी सहर नयाँदिल्लीलाई विषाक्त बाक्लो धुवाँले ढाक्न सुरु गरेसँगै त्यहाँको वायुको गुणस्तर निकै खस्किएको छ । हरेक वर्ष ठन्डीको समयमा दिल्लीमा वायु प्रदूषणको स्तर निकै माथि जाने गर्छ । यसले गर्दा जाडोको आगमनलाई दिल्लीवासी ठन्डीका अतिरिक्त प्रदूषणको ऋतु मान्न थालेका छन् ।

उसो त गत हप्तादेखि नै सहरको हावाको गुणस्तर खस्कन थालेको थियो । तर, शुक्रबार सहरभित्र हावाको गुणस्तर सूचकांक(एक्युआई) ५०० सम्म पुग्यो, जुन विश्व स्वास्थ्य संगठनले तोेकेको स्वास्थ्य हावाको गुणस्तरभन्दा १०० गुणाभन्दा बढी हो । योसँगै शुक्रबारदेखि नैै दिल्लीका विद्यालयहरू बन्द गरिएका छन् । त्यस्तै, हावाको गुणस्तरमा सुधार गर्न भनेर सहरका गैरअत्यावश्यक निर्माणका कामलाई रोक्न आह्वान गरिएको छ । 

त्यस्तै नयाँदिल्लीमा एक साताका लागि जोर–बिजोर प्रणाली लागू हुने भएको छ । दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले आगामी नोभेम्बर १३ देखि उक्त नियम ल्याइने जानकारी दिए । यसअघि सन् ०१६, ०१७ र ०१९ मा पनि सरकारले यो प्रणाली लागू गरेको थियो ।

जाडोमा दिल्लीलाई ढाक्ने बाक्लो धुवाँ मुख्यतः दिल्लीका छिमेकी राज्यहरू हरियाणा र पन्जाबका किसानहरूले यही समय बाली काटेपछि जलाएका परालबाट आउने गर्छ । यही समय पश्चिमबाट वायु पूर्व बहने भएका यी धुवाँलाई दिल्लीसम्म आउँदा घट्दो तापक्रमले दिल्लीमै रोकिने गर्छ । पछिल्लो केही दिनमा पन्जाब राज्यका खेतमा आगजनीको संख्या ७० प्रतिशतले बढेको अधिकारीहरूले बताएका छन् । एकै दिनमा एक हजार आगजनीका संख्या रेडर्क भइरहेका छन् । त्यसबाहेक पनि दिल्लीमा चल्ने ठूलो संख्याको कार, निर्माण क्षेत्र तथा फोहोर जलाउने संयन्त्रले पनि वायु प्रदूषण बढाउन मद्दत पुर्‍याउँछन् । 

युनिभर्सिटी अफ सिकागोको ‘इनर्जी पोलिसी इन्स्टिच्युट’ले तयार पारेको यस वर्षको वायु गुणस्तर जीवन सूचकांकअनुसार दिल्लीको प्रदूषित हावाको कारण सहरका बासिन्दाको जीवन ११.९ वर्षसम्म घट्ने गरेको छ । त्यस्तै सन् २०१७ को एक अमेरिकी अध्ययनअनुसार भारतमा प्रदूषणका कारण वर्षेनी १० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ । 

दिल्लीका चिकित्सकहरूका अनुसार रुघाखोकी, आँखाबाट पानी आउने र सास फेर्न गाह्रो हुने, श्वास–प्रश्वासजन्य समस्या भएका बिरामीको संख्या बढेको छ । धेरैलाई मास्क लगाउन र आवश्यक परेका वेला मात्र घरबाट बाहिर निस्कने सल्लाह दिन थालिएको छ । आमआदमी पार्टी(आप)को नेतृत्वमा रहेको दिल्ली सरकारले आफूहरूसँग प्रदूषण नियन्त्रण योजना रहेको बताउने गरे पनि तिनका कदमको खासै प्रभाव देखिने गरेको छैन ।

आप सरकारले वायु प्रदूषण कम गर्न प्रयोग गरेका विधिहरूमा सडकमा पानी छर्केर धुलो उड्न रोक्ने र हावाबाट वायु प्रदूषण सोस्ने भनिएका दुईवटा ८० फिटका ‘स्मोक टावर’ निर्माण रहेका छन् । २० लाख डलरका यी टावर प्रभावहीन रहेको वैज्ञानिकहरूले मानेका छन् । यसले संसारको सबैभन्दा प्रदूषित सहरमध्ये एकको रुपमा नयाँदिल्लीको पहिचान मेटिन सकेको छैन । 
द गार्जियनबाट

ad
ad