मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Friday, 03 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २१ मंगलबार १२:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूकम्पपीडितका लागि आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई  डेढ करोडको चेक हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार १२:५८:oo

आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा गरिएकाे रु. एक करोड ५० लाखबराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन्। 

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको उक्त सहयोग रकमको चेक प्रधानमन्त्री दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन्। 

सो अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र मुख्यसचिव डा. वैकुण्ठ अर्यालसमेत उपस्थित थिए। यसैगरी आइएमई ग्रुपका प्रबन्ध–निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललगायतको पनि उपस्थिति थियो। 

आइएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 

साथै, भूकम्प प्रभावित क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।