Skip This
विद्यालयमा प्रधानाध्यापकको मृत्यु : मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २० सोमबार १२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालयमा प्रधानाध्यापकको मृत्यु : मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १२:१o:oo

सिराहाको गोलबजार नगरपालिका- ३ जमदहमा रहेको सरस्वती माध्यमिक विद्यालयमा मृत भेटिएका प्रधानाध्यापक सञ्जीवकुमार साहको हत्या भएको भन्दै परिवारजन र स्थानीयले विरोधमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। 

स्थानीय र परिवारजनले सिराहाको मिर्चैया बजारको कटारीचाेकमा घटनाको छानबिन र दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेका छन्। 

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध भएसँगै सयौँ सवारीसाधन अलपत्र परेका छन्। प्रहरीले अवरुद्ध राजमार्ग खुलाउन पीडित परिवार र स्थानीयसँग समन्वय गरिरहेको छ।

घटना के हो ?

गोलबजार नगरपालिका- ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालयको निर्माणाधीन भवनको तेस्रो तल्लामा प्रअ साह आइतबार झुन्डिएको अवस्थामा फेला परेका थिए। 

विद्यालयका सहयोगीलाई उनले रिचार्ज कार्ड किन्न पठाएका थिए। सहयोगी फर्किएसँगै प्रअलाई खोजतलास गर्दा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। उनको दुवै खुट्टा भुइँमा छोएको बताइएकाे छ। घटनाबारे प्रहरीले अनुसन्त्धान थालेकाे छ। 

पत्नीद्वारा आत्मदाहको चेतावनी

प्रअ साहका पत्नी मीनाकुमारी साह राजमार्गमै सुतेकी छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई कारबाही नगरिए ‘आत्मदाह’को चेतावनीसमेत दिएकी छिन्।

विद्यालय व्यवस्थापन समिति गठन भएदेखि श्रीमानलाई बढी प्रेसर थपिएको भन्दै उनले समितिले कुनै काम गर्न नदिएको बताएकी छिन्। व्यवस्थापन समितिको दबाबका कारण सरुवा हुन खोजे पनि हुन नदिएको उनको भनाइ छ।