१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका कोलकत्ता
२o८१ बैशाख १९ बुधबार o७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भारतसँग दक्षिण अफ्रिकाको नमिठो हार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कोलकत्ता
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३६:oo

विराट कोहलीले आफ्नो ३५औँ जन्मदिनमा बनाएको शतकीय इनिङ्सको मद्दतमा भारतले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकालाई दुई सय ४३ रनको फराकिलो अन्तरले हराएको छ । विश्वकपमा भारतको यो लगातार आठौँ जित हो । यो भारतले एकदिवसीय विश्वकपमा लगातार आठौँ खेलमा जित निकालेको सन् २००३ पछि हो । जितसँगै भारतले अंक तालिकामा १६ अंक बटुलेको छ । हारसँगै दक्षिण अफ्रिका १२ अंकका साथ दोस्रो स्थानमा छ । अस्ट्रेलिया १० अंकका साथ तेस्रो स्थान र चौथो स्थानमा रहेको न्युजिल्यान्डको आठ अंक रहेको छ । 

सचिनको रेकर्ड बराबरी
इर्डन गार्डेन रंगशालामा भारतले पहिलो ब्याटिङ गरी ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय २६ रनको बलियो चुनौती प्रस्तुत गर्‍यो । प्रत्युत्तरमा उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमा अलआउट भयो । भारतको सानदार जितमा रविन्द्र जडेजाले पाँच विकेट लिए । उनले नौ ओभरमा एक मेडन राखी ३३ रन खर्चेका थिए । यसैगरी, कुलदीप यादवले सात रनमा दुई विकेट हात पारे । 

पहिलो ब्याटिङ गरेको भारतका लागि कोहलीले सचिन तेन्दुलकरले एकदिवसीय खेलमा राखेको ४९औँ एकदिवसीय विश्वकीर्तिमानी शतक बराबरी गरेका थिए । एकदिवसीय इतिहासमा सबैभन्दा छिटो ४९औँ शतक लगाउने कोहली बनेका छन् । चालू विश्वकपमा कोहलीको यो दोस्रो शतक हो । यसअघि उनले बंगलादेशविरुद्ध पनि शतकीय इनिङ्स खेलेका थिए । 

उनले केवल दुई सय ७७ 
खेलमा सचिनको कीर्तिमान बराबरी गरेका हुन् । सचिनले ४९ शतक लगाउन चार सय ५१ इनिङ्स खेलेका थिए । एकदिवसीय खेलमा सचिन र कोहलीपछि सर्वाधिक शतक लगाउने भारतीय कप्तान रोहित शर्मा हुन् । उनले दुई सय ५१ खेलमा ३१ शतक जोडेका छन् । कोहलीले एक सय २१ बलमा एक सय एक रनमा नटआउट इनिङ्स खेले । उनले १० चौका प्रहार गरेका थिए । 

ad
ad