मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Wednesday, 02 September, 2026
२o८o कार्तिक १८ शनिबार ११:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभा स्थगित गरेर रास्वपा सभापति जाजरकोट हिँडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार ११:२२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहान ११ बजे पाल्पाको रामपुरमा आयोजना गर्न लागेको पार्टीको भेला स्थगित गरेको छ। जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा ठूलो धनजनको क्षति भएको र उद्धार गर्नु पहिलो काम भएकाले पार्टीले आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको  पाल्पा जिल्ला सचिव सुमन गैरेले बताए।

एक भिडियो सार्वजनिक गर्दै यस विपद्को समयमा पार्टीको भेला गर्नु उपयुक्त नहुने सभापति रवि लामिछानेले बताएका छन्। कार्यक्रम स्थगित गरेर आफू भूकम्प प्रभावित क्षेत्रमा जाने पनि सभापति लामिछानेले बताएका छन्।

उनले भनेका छन्, ‘कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर आएको भूकम्पले ठूलो क्षति भएकोमा अत्यन्त मर्माहत छौँ। ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्यलाभको कामना गर्दछौँ। विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनस्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गर्दछौँ। साथै, रास्वपा जाजरकोटका सबै सदस्यहरूलाई उद्धार र राहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गर्दछौँ।’