१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १६ बिहीबार १५:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रिगलको कैदमिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार १५:४२:oo

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई दिएको कैदमिनाहा बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेकाे छ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुँडालको पूर्णइजलासले रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गर्ने परमादेश दिएको हो। 

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले संविधान दिवसको दिन सरकारबाट बाँकी कैद माफीमिनाहा पाएका थिए। व्यक्ति हत्यामा जन्मकैद सजाय पाएका रिगललाई कैद कट्टा गरी जेलमुक्त गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेकाे थियाे। 

रिगललाई कैदमिनाहा गरेलगत्तै चेतनकी पूर्वपत्नी भारती मानन्धर सरकारकाे निर्णयविरुद्ध माइतीघर मण्डलामा अनशनमा बस्दै आएकी छिन्।