१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तिहारलाई ८०% फूल स्वदेशी उत्पादनले धान्ने

१ कात्तिकदेखि भारतबाट फूल आयात गर्न प्रतिबन्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१२:oo

यस वर्षको तिहारलक्षित गरेर भारतीय फूल आयातमा सरकारले प्रतिबन्ध लगाएको छ । मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले १ कात्तिकदेखि अर्को सूचना जारी नभसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो ।

तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयात रोकेको केन्द्रकी प्रवक्ता सिर्जना पौडेलले जानकारी दिइन् । विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता थियो । तर, यसपल्ट नेपालमै पुष्पखेती राम्रो भएकाले फूल आयात आवश्यक नदेखिएको उनको भनाइ छ । उनले भनिन्, ‘८० प्रतिशत स्वदेशी उत्पादनले नै धान्ने देखियो, २० प्रतिशत मात्र आयात गर्नुपर्ने हुँदा अर्को सूचना जारी नहुन्जेललाई रोकेका हौँ ।’

४० लाख माला खपत हुने
यस वर्ष तिहारमा करिब ४० लाख सयपत्री माला खपत हुने अनुमान गरिएको छ । त्यस्तै, चार लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार मिक्स माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन संघका अध्यक्ष मीनबहादुर तामाङले बताए । गत वर्ष कोभिड– १९ को समयमा पनि करिब ३५ लाख माला खपत भएको थियो । उनले भने, ‘यस वर्ष ४० लाख माला खपत हुने प्रारम्भिक अनुमान छ, ३५ लाख स्वदेशी उत्पादनले पुग्छ भने पाँच लाख माला आयात गर्नुपर्ने देखिन्छ ।’

गत वर्षको भन्दा यस वर्ष मालाको मूल्य पनि बढ्ने तामाङले बताए । उनका अनुसार यस वर्ष प्रतिमाला २५ रुपैयाँ वृद्धि हुने अनुमान छ । सयपत्री मालाको खुद्रा मूल्य ७५ रुपैयाँदेखि १५० रुपैयाँसम्म पर्ने तथा मखमली मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने देखिएको छ । मिक्स माला होलसेलमा तीन सय र खुद्रामा पाँच सय रपैयाँसम्म पर्न जाने एसोसिएसनका अध्यक्ष तामाङले बताए । यस्तै, गोदावरी फूलको मालामा भने एक हजार रुपैयाँबाट सुरु भएर तीन हजार रूपैयाँसम्म पर्न सक्छ । 

चालू आर्थिक वर्षको बजेटले लागू गरेको फूल आयातमा १३ प्रतिशत भ्याट, भन्सारदरलगायतका कारणले सबै जोड्दा मूल्य बढ्न पुगेको तामाङले बताए । उनले भने,‘ यस वर्ष भ्याट लागेको छ, किसानबाटै पनि मूल्य बढेको हुँदा मूल्य थप बढेको हो ।’ गत वर्ष प्रतिमालाको खुद्रा मूल्य एक सय रुपैयाँ निर्धारण गरेको थियो ।’
 

ad
ad