१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

टी-२० विश्वकपमा छनोट हुनु एक मात्र लक्ष्य : कप्तान रोहित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o६:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एक मात्र लक्ष्य रहेको बताएका छन्।

आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले मुख्य लक्ष्य अब आउने खेलमा केन्द्रित रहेको बताएका हुन्। 

पछिल्लो ६ महिनायता ब्याटिङ राम्रो भएको धारणा राख्दै कप्तान पौडेलले घरेलु मैदानमा हुने छनोट खेललाई आफूहरूले ठूलो अवसरको रूपमा लिएको बताए। उनले कुनै पनि टिमलाई कम नआँकेकाे बताए। 

त्यस्तै, प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टोलीले विपक्षीलाई कमजोर आँक्न नहुने बताए। नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए। एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने उनको भनाइ छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट भोलिदेखि आउँदो आइतबार १९ गतेसम्म आयोजना हुँदै छ। 

समूह ‘ए’मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’मा युएई, बहराइन, हङकङ र कुवेत छन्। छनोटको पहिलो खेलमा नेपालले भोलि नै सिंगापुरसँग खेल्दै छ।

ad
ad