सरकारले दसैँमा सबैभन्दा बढी खपत हुने खसी तथा च्यांग्राको खरिद मूल्यमा थप सहुलियत घोषणा गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भोलि शुक्रबारबाट लागू हुने गरी आज गरेको निर्णयअनुसार जिउँदो खसीको मूल्यमा प्रतिकिलो २० रुपैयाँ र जिउँदो च्यांग्रोको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो।
नयाँ मूल्यअनुसार अब जिउँदो खसी प्रतिकिलो ६५० र जिउँदो च्यांग्रा प्रतिकिलो १२२५ रुपैयाँमा बिक्री हुने भएको छ। दसैँलाई लक्षित गरी सरकारको तर्फबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबारदेखि खसी, बोका र च्यांग्रा बेच्न सुरु गरेको छ।