१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

नेपाल भाषाको चलचित्र तिबः निर्माण सम्पन्न, टिजर सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२७:oo

वर्तमान समयमा समाजमा भइरहेका समसामयिक विषयलाई समेटिएको नेपाल भाषाको फिल्म तिबः (दी सपोर्ट) निर्माण सम्पन्न भएको छ। १० महिनाको प्रयासपछि फिल्म निर्माण सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। फिल्म तिहारलगत्तै रिलिज हुने बताइएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको टिजर र ‘मन छंके सुलाच्वन सः’ बोलको गीत सार्वजनिक गरिएको थियो। फिल्ममा एउटा भजनसहित चारवटा नेपाल भाषाका गीत रहेका छन्। 

नेवाः कलाकारिता क्षेत्रमा जीवन समर्पित गर्दै आएका नयाँ तथा पुराना दर्जनौँ कलाकारहरूको यस फिल्ममा अभिनय छ। अमेरिका र नेपालको हिमाली भेगमा सुटिङ गरिएको यस फिल्ममा अमेरिकामा बस्ने कलाकारहरूको पनि अभिनय देख्न पाइने बताइएको छ। 

निर्माताहरू सरजु रंजित र समिता रंजित श्रेष्ठको पहिलो पाइलाका रूपमा वाइल्ड बुल्स प्रडक्सनको साझा प्रयासबाट मनोरञ्जनात्मक चलचित्र तिबः निर्माण भएको बताइएको छ। फिल्ममा पछिल्लो समय नयाँ पुस्ताले आफ्नो आमा, बुवा तथा परिवार छाडेर विदेश पलायन हुने बाध्यतालाई चलचित्रको माध्यमबाट देखाउन खोजिएको छ। समाजको वास्तविक वस्तुस्थिति दर्शकमाझ ल्याउने प्रयास फिल्ममा गरिएको छ।

वाइल्ड बुल्स प्रोडक्सनले निर्माण गरेको फिल्मको निर्देशन रवि सायमी र सहायक निर्देशक रवि महर्जन र रुसिल अमात्य हुन्। अमेरिकाबाट अभिनय गर्ने कलाकारहरूमा दिभाकर धौभदेल, मिली श्रेष्ठ, रवि शाक्य र ललिता महर्जन रहेका छन्। अमेरिकामा फिल्म छायांकनको काम रोशन श्रेष्ठले सम्हालेका थिए।

नेपालबाट फिल्ममा खेल्ने कलाकारमा सुशील राजोपाध्याय, आशाकाजी धकू, संघरत्न शाक्य, सरस्वती मानन्धर, कृष्णभक्त महर्जन, सुनीता श्रेष्ठ, मैया मुनिकार, भीमसेन रिसाल, लक्ष्मीकुमार महर्जन, विज्ञान पक्का, मञ्जिल शाक्य, अमोघवीर बज्राचार्य, मन्दिरा मानन्धर, नारायणदेवी मानन्धर, गौतमदास मानन्धर, राजीव राजोपाध्याय, चिरु महर्जन, नीरज महर्जन, भेष महर्जन, शोभा महर्जन, कञ्चन तुलाधर, सुलोचना श्रेष्ठ, सकुन्तला रानामगर, सरिजा राजोपाध्याय, रोमन मानन्धर, गंगा मर्जन, शिव महर्जन, विष्णु महर्जन, मनोज महर्जन, रमन महर्जन, सृष्टि महर्जन, मोनीका चित्रकार, पूर्णरत्न शाक्य, हिराकाजी शाक्य, करिसल महर्जन, संस्कार प्रधान, नीरज प्रधान, चिरीबाबु महर्जन, मिनर्वादेवी शाक्य, रेइना महर्जन, बीरबल भुजेललगायत छन्।  
 

ad
ad