Skip This
आक्रामक कार्यसम्पादनमा लाग्न प्रहरी महानिरीक्षकको निर्देशन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १ बुधबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आक्रामक कार्यसम्पादनमा लाग्न प्रहरी महानिरीक्षकको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १ बुधबार १८:o५:oo

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नियमसंगत रूपमा आक्रामक भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू र जिल्ला प्रहरी परिसर प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिँदै महानिरीक्षक कुँवरले सुरक्षा योजना कार्यान्वयन गर्दै छिटोछरितो नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताए। 

भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु तथा चाडपर्व सुरक्षालगायतका विषयमा निर्देशन दिँदै उनले कालोबजारी, मूल्यवृद्धि, जुवातास, चोरी, कृतिम अभाव सिर्जना गर्ने, अवाञ्छित गतिविधि, सीमावर्ती क्षेत्रमा हुने तस्करीलगायतका गैरकानुनी क्रियाकलापमा हुन सक्ने बढोत्तरीलाई ध्यानमा राखेर यसको नियन्त्रण तथा कारबाहीमा नियमसंगत आक्रामक भई कार्यसम्पादन गर्न  जोड दिए। 

बजार अनुगमनलगायतका विषयमा स्थानीय तह एवं सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरी प्रभावकारी रूपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापन मिलाउनुपर्ने उनको निर्देशन छ। 

नागरिकमैत्री सेवाका लागि समाजसँग समधुर सम्बन्ध बनाउँदै आवश्यक परेको वेला तत्काल परिचालित हुने गरी संयन्त्रलाई प्रविधियुक्त र चुस्तदुरुस्त बनाउँदै चलायमान बनाउनुपर्ने उनले बताए। 

चाडपर्वको समयमा हुने सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था, सवारीसम्बन्धी निर्देशिका सही रूपमा पालना तथा कार्यान्वयन, अनुगमन, विगतका दुर्घटनाग्रस्त इलाकाहरूमा अझै बढी ध्यान दिन उनले निर्देशन दिए। 

संगठनको आन्तरिक सुदृढीकरण तथा शुद्धीकरणको नीतिलाई मूर्तरूप दिन प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यप्रवाहलाई थप सुधार गर्न उनले जोड दिएका छन्। 

कामप्रति जवाफदेही र संवेदनशील हुन निर्देशन दिँदै कानुनको दायराभन्दा बाहिर जाने प्रहरी कर्मचारीहरूलाई कारबाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न हरेक प्रहरी कार्यालयका प्रमुखहरूले तत्काल आवश्यक पहल गर्नुपर्ने बताएका छन्।