Skip This
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १ बुधबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o८o कार्तिक १ बुधबार o८:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o कार्तिक १ बुधबार o८:४३:oo

राप्रपाबाहेक सबै दलहरूको कार्कीलाई मत दिने तयारी 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । २७ असोजमा एमालेको समर्थनबाट मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा दर्ता गराउँदै छन् ।

आज बिहान ११ बजे कोशी प्रदेश सभाको चौथो अधिवेशनको तेस्रो बैठक बस्ने कार्यसूची तय भएको सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कार्कीलाई राप्रपाबाहेक अन्य सबै दलले विश्वसाको मत दिने तयारी गरेका छन् । राप्रपाले भने आज बिहान १० बजे बस्ने संसदीय दलको बैठकबाट मात्र मुख्यमन्त्रीलाई मत दिने वा विपक्षमा मतदान गर्ने भन्ने निर्णय गर्ने संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।  

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेश सभा सदस्य केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कार्कीलाई कांग्रेसका आठजना र एमालेका ३९ जना सांसदले समर्थन गरेका थिए।

मुख्यमन्त्री नियुक्ति हुनका लागि माओवादीका नेता इन्द्रबहादुर आङ्बोले पनि कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीका सांसदको समर्थनमा दाबी पेस गरेका थिए । 

दुवैतर्फ कांग्रेसका आठजना सांसदको हस्ताक्षर दोहोरिएपछि प्रदेश प्रमुख परशुराम खापुङगले सांसदहरूलाई प्रत्यक्ष उपस्थित गराएर हस्ताक्षर प्रमाणीकरण गरेपछि कांग्रेसका विद्रोही कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

कार्कीले २८ असोजमा शपथग्रहण गरेर पदभारसमेत ग्रहण गरेका छन् । उनले कोशीमा दुईजना मन्त्री नियुक्त गरेर तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी, कांग्रेस, सत्तागठबन्धनले कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री बताउँदै आए पनि कार्कीले कोशीमा माओवादी र एकीकृत समाजवादीका कोही पनि मन्त्री नियुक्त गरेका छैनन् ।