मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३० मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ३० मंगलबार ११:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया म्युचुअल फन्डका प्रतिफल घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ३० मंगलबार ११:५५:oo

एनआइसी एसिया क्यापिटल लिमिटेडले आव ०७९/८० का लागि विभिन्न सामूहिक लगानी कोषहरूको प्रतिफल घोषणा गरेको छ । कम्पनीले सञ्चालक समिति बैठकले एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरूमध्ये एनआइसी एसिया ग्रोथ फन्डले इकाइधनीलाई १०.५० प्रतिशत र एनआइसी एसिया ब्यालेन्स्ड फन्डले १० प्रतिशतका दरले नगद प्रतिफल दिने घोषणा गरेको हो । 

यो प्रतिफल करसहित भएको कम्पनीले जनाएको छ । एनआइसी एसिया ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत दिएको तथा पाँचौँ वर्ष अर्थात् आव ०७९/८० को लागि घोषणा गरेको १०.५० प्रतिशतसहित हालसम्म ७५.५० प्रतिशत प्रतिफल दिइसकेको जनाइएको छ ।

त्यस्तै, एनआइसी एसिया ब्यालेन्स्ड फन्डले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष १३ प्रतिशत र चौथो वर्ष अर्थात् आव ०७९/८० का लागि घोषणा गरेको १० प्रतिशतसहित हालसम्म ६१ प्रतिशत नगद प्रतिफल वितरण गरिसकेको जनाएको छ । 

क्यापिटलले हाल म्युचुअल फन्ड, सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङसम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।