मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज २९ सोमबार
  • Thursday, 13 August, 2026
२o८o असोज २९ सोमबार ११:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैतडीमा असिनापानी, भित्र्याउन तयारी गरेको बाली नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २९ सोमबार ११:३o:oo

बेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ। 

आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो।

असिनापानीले पाकेको धान, भटमास, कोदो र तरकारी नष्ट गरेको डिलाशैनी– ७ का मदन धामीले जानकारी दिए। पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन्। धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ। 

दिनभरि मौसम सफा रहे पनि साँझपख वर्षा भएको छ। वर्षाका कारण  खरफागलामा काटेर सुकाएको खरघाँससमेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताइन्। 

हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन्। हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खरफागालाको घाँस काटेर सुकाउने गरिन्छ।