१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २७ शनिबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका विराटनगर
२o८o असोज २७ शनिबार १o:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त 

कांग्रेसमा विद्रोह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८o असोज २७ शनिबार १o:१९:oo

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । सांसदहरूको हस्ताक्षरको प्रमाणीकरण सकिएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको दोस्रो कार्यकालकाे पाँचौँ मुख्यमन्त्री नियुक्त गरेका हुन्। कार्कीलाई कांग्रेसका ८ जना र एमालेका ३९ जना सांसदले सर्मथन गरेका छन्

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेश सभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

सोही हक दाबी गर्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित मागदाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गरेका थिए । तर, आङ्बो पक्ष भने हस्ताक्षर सनाखतका लागि उपस्थित भएन ।     
     
नेकपा एमालेका ३९ तथा कांग्रेसका आठ प्रदेश सभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका छन् ।