१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २७ शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २७ शनिबार o८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआरएनए अध्यक्ष उम्मेदवार शर्माले ल्याए घोषणापत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २७ शनिबार o८:१o:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफ्नो वाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएलाई समेट्ने योजना समेटिएको दाबी गरे । 

उनले भने, ‘संसारभर छरिएर रहेका नेपालीलाई समेटेर जाने उद्देश्य छ, मध्यपूर्वले एनआरएनएको २० वर्षे दौरानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्ने मात्रै हो ।’ उनले आफूलाई अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशबाट सकारात्मक प्रतिक्रियाहरू आइसकेको भन्दै पूरै टिमले नै चुनाव जित्ने विश्वास व्यक्त गरे । २४ महिनामा २४ वटा काम गर्ने वाचासहित आफू चुनावी मैदानमा खडा भएको उल्लेख गर्दै शर्माले आफ्नो पहिलो प्राथमिकता एनआरएनएहरूबीचको एकता भएको पनि बताए । 

‘केही समययता गैरआवासीय नेपाली महासंघमा एकता छैन । त्यसले हाम्रो लक्षित उद्देश्य हासिल गर्नमा बाधा पु¥याएको छ,’ शर्माले भने, ‘यसलाई जसरी पनि एकजुट गराउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । मैले निरन्तर रूपमा प्रयास गरिरहेको छु । एकजुट गराएरै छाड्ने प्रण पनि गरेको छु ।’ शर्मालाई समर्थन गर्दै कार्यसमितिका उपाध्यक्ष डिबी क्षेत्रीले सबैको अपनत्व गराउन श्रमिकको मुद्दालाई स्थापित गर्न र सबैमा अपनत्व बढाउन जरुरी रहेको बताए । 

शर्मालाई समर्थन गर्दै उपाध्यक्षका उम्मेदवार बनेका मलेसियाका खगेन्द्र न्यौपानेले शर्माले पेस गरेको २४ महिना २४ वाचा नै आफ्नो एजेन्डा रहेको र शर्मासहित आफू उपाध्यक्षमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने बताए ।

ad
ad
ad
ad