१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पहिलो चरणको पहिलो लेगमा नेपाल र लाओस भिड्दै

फिफा विश्वकप २०२६ एसियाली छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:२५:oo

फिफा विश्वकप २०२६ को एसियाली छनोटअन्तर्गत पहिलो चरणको छनोट आजबाट सुरु भएको छ। यस क्रममा नेपाल र लाओस भिड्दै छन्। 

काठमाडौंस्थित दशरथ रंगशालामा नेपालले पहिलो लेग खेल्न लागेको हो। अर्को साता नेपालले लाओसको गृहमैदानमा दोस्रो लेग खेल्नेछ। 

अमेरिका, मेक्सिको र क्यानाडामा आयोजना हुने आगामी विश्वकप फुटबलमा ४८ राष्ट्र सहभागी हुँदै छन्। यसअघिसम्म ३२ राष्ट्र विश्वकपमा पुग्ने गरेकोमा आगामी विश्वकपबाट १६ राष्ट्रको सहभागिता बढाइएको छ। यो परिवर्तनसँगै एसिया महादेशबाट आठ राष्ट्रले विश्वकप खेल्नेछन्। 

नेपालले पहिलो चरणको छनोट पार गरेमा दोसे चरणमा युएई, बहराइन वा श्रीलंकामध्ये कुनै एक राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ। 

आजको खेल नेपाली स्ट्राइकर अञ्जन विष्टका लागि पनि ऐतिहासिक मौका बन्न सक्छ। राष्ट्रिय टिमबाट नेपालका लागि १२ गोल गरिसकेका उनीसँग नेपालका लागि सबैभन्दा बढी गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउने मौका रहेको छ। 

ad
ad