Skip This
एनआरएनएको उपाध्यक्षमा जापानका रोविनको चर्चा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २५ बिहीबार
  • Saturday, 27 July, 2024
मुना कुँवर काठमाडौं
२o८o असोज २५ बिहीबार १o:१२:oo
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनआरएनएको उपाध्यक्षमा जापानका रोविनको चर्चा

अपनत्व, विकास, र सृदृढ पद्धतिका लागि रुपान्तरित एनआरएनए

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २५ बिहीबार १o:१२:oo

जापानमा विगत ३६ वर्षदेखि व्यवसाय गर्दै आएका रोविन शेरचन गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्ष पदका लागि बलियो दाबेदार देखिएका छन् । संघको आगामी ११औँ महाधिवेशनमा उनको विजय सुनिश्चित देखिएको छ।

शेरचन संघको वर्तमान केन्द्रीय कार्यसमिति सदस्य हुन् । आगामी कार्यकालका लागि भने उनले उपाध्यक्ष पदका लागि दाबी गरेका छन् । शेरचनले एनआरएनएको गरिमा उच्च कायम राख्दै जनमैत्री, प्रविधिमैत्री, सर्वसुलभ पहुँच र परिणाममुखी बनाउन हालको पद्धतिलाई रूपान्तरण गरी प्रभावकारी कार्यका साथ अगाडि बढ्ने योजना बनाएका छन् । 

नेपालमा भित्रिने रेमिट्यान्समध्ये अधिकांश उपभोग्य वस्तुमा खर्च हुने गरेको छ । यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने, लगानीको सुरक्षाको ग्यारेन्टी हुने गरी ठूला मात्र नभई साना तथा मझौला आय भएका गैरआवासीय नेपालीलाई पनि विभिन्न आयोजनाहरूमा सहभागी गराई लगानी अभिवृद्धि गर्ने उनको योजना छ । 

परदेशमा श्रम गरिरहेका, विभिन्न किसिमका कठिनाइ भोगिरहेका पीडित गैरआवासीय नेपालीका लागि एउटा सामूहिक अक्षय कोषको स्थापना गरी राहत महसुस हुने गरी कार्य गर्ने उनको योजना छ । साथै, एनआरएनएको घेराभन्दा बाहिर रहेको बौद्धिक, सीपयुक्त, युवा, दोस्रो पुस्तालगायतको जनशक्तिलाई संस्थाको परिधिभित्र ल्याई सक्षम जनशक्ति र उच्च प्रविधिलाई नेपालमा भित्र्याउने अवसर सिर्जना गरी राष्ट्रको अर्थतन्त्र र विकासलाई सहयोग पुर्‍याउने उनको योजना छ । 

मुस्ताङदेखि जापानसम्मको रोविनको यात्रा 

रोविन शेरचनको जन्म जापानमा भएको हो । तर, उनको बाल्यकाल भने पोखरामा बित्यो । उनले माध्यमिक तहको अध्ययन पनि पोखरामा नै सके । उच्च शिक्षा अध्ययनका लागि रोविन काठमाडौं आए ।

व्यावसायिक वातावरणमा हुर्केका रोविनले काठमाडौंमा पढ्दै सानोतिनो व्यवसाय पनि गर्दै थिए । तर, त्यतिवेला उनका उमेरका साथीहरू विदेश गइरहेका थिए । साथीहरू जाँदा उनलाई पनि विदेश जाने रहर जाग्यो । जापानमा रहेका उनका आफन्तीले बोलाएपछि उनी जापान हानिए । 

जापान जाँदा रोविन भर्खर २१ वर्षका थिए । साथीभाइसँग रमाइलो गर्ने उमेरमा रोविन आफ्नो देश, परिवार र आफन्तबाट टाढा जापान पुगे । नचिनेको ठाउँ र नबुझ्ने भाषाले उनलाई जापानको जीवन कहालीलाग्दो बनाइदियो । तर, उनले हार भने मानेनन् । 

उनी अरूको रेस्टुरेन्टमा काम गर्न थाले । काम गर्दै जाँदा जापानिज भाषा सिक्न थाले । त्यसपछि भने बिस्तारै उनको जीवनमा नयाँ मोड आयो । उनले भाषा र संस्कृत सिकाउने विद्यालय खोले, रेस्टुरेन्टहरूमा लगानी गर्न थाले । आफू सक्षम भएपछि भने रोविन सामाजिक गतिविधिमा सहभागी हुन थाले । 

रोविन जापान पुग्दा अहिलेको जस्तो अवस्था थिएन । थोरै नेपाली थिए । भर्खरै जापान पुग्ने नेपाली युवा समस्यामा पर्थे । समस्यामा परेको नेपालीबारे थाहा पाउनेबित्तिकै रोविन सहयोगका लागि पुग्थे । ३६ वर्षको अवधिमा रोविनले जापानमा समस्यामा परेका धेरै नेपालीलाई सहयोग गरे । तर, उनी एनआरएनएमा जोडिएनन् । रोविन नामभन्दा पनि बढी मौन रूपमा काम गर्थे । त्यसैले जापानमा बस्ने नेपालीबीच रोविन नाम प्रचलित छ । 

जापानमा ठूलो व्यवसाय खडा गरेका रोविन भने सरल स्वभावका छन् । उनी काममा बढी विश्वास गर्छन् । उनको सरल र इमानदारीका कारण एनआरएनएमा उनलाई बलियो दाबेदारीको रूपमा हेरिएको छ ।