१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सफलताबारे ड्वेन जोनसनका ५ सुझाव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o४:oo

‘द रक’ उपनामले चिनिएका ड्वेन जोनसनले १९९० र २००० को दशकमा रेस्लिङ रिङमा निकै ठूलो प्रसिद्धि कमाए । विश्वकै उत्कृष्ट रेस्लरहरूमध्ये एक मानिने जोनसन अभिनयमा पनि उत्तिकै अब्बल छन् । उनले फिल्म निर्माणमा पनि सफलता हासिल गरे । ५१ वर्षीय जोनसन भन्छन्, ‘सफलताको कुनै रहस्य हुँदैन, मिहिनेत गर्नुस् ।’ युवाहरूलाई उनको सुझाव यस्तो छ :

स्थिरता : सफलता महान् हुनुमा होइन, स्थिर हुनुमा छ । निरन्तरको कठिन मिहिनेतले सफलता निर्धारण गर्छ । 

सम्बन्ध : रेस्लिङदेखि व्यापारसम्म मैले अनुभव गरेको सबैभन्दा ठूलो उपलब्धि सम्बन्ध हो । आफ्ना दर्शकसँगको मेरो सम्बन्ध निकै महत्वपूर्ण रह्यो । तपाईं कसका लागि काम गर्दै हुनुहुन्छ भन्ने ध्यान दिनुस् । 

आफैँसँग हुनुस् : सबैभन्दा महत्वपूर्ण कुरा तपाईं आफैँसँग हुनुपर्छ । आत्मसन्तुष्टिजति महत्वपूर्ण अरू केही हुँदैन । पक्कै पनि केही व्यक्ति तपाईंका सिर्जनशील निर्णयसँग असहमत हुन सक्छन् । सबैलाई खुसी पार्न कठिन छ । 

- हरेक कुराका लागि तपाईं तयार रहनुपर्छ । मेरा लागि प्रशिक्षणजत्तिको महत्वपूर्ण केही छैन । यही नै मेरो ध्यान हो । यही नै योगा, हाइकिङ र बाइकिङ हो । म बिहान झन्डै ४ बजे उठेर व्यायाम थाल्छु । 

कुनै रहस्य छैन : मलाई सबैले सोध्थे, ‘सफलताको रहस्य के हो ?’ तर, त्यहाँ कुनै रहस्य हुँदैन । विनम्र रहनुस्, भोको रहनुस् र सधैँ कडा मिहिनेत गर्नुस् । 

ad
ad