मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २३ मंगलबार
  • Wednesday, 12 February, 2025
२o८o असोज २३ मंगलबार १६:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालनकाे तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २३ मंगलबार १६:१३:oo

मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि ओपिडीसहित २५ शय्यामा उपचार सेवा सुरु गरिने भएको छ।

२५ शय्यामा ओपिडीसहित मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याउन लागिएकाे हो। मंगलबारदेखि सन्चालन गरिने भनिएकाे याे सेवा बुधबारदेखि सुरू गरिने भएकाे छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनका अनुसार हाललाई तीनजना डाक्टरसहितको टोलीले उपचार प्रदान गर्नेछ। 

मानसिक स्वास्थ्य समस्याले उत्पादकत्व, सिर्जनशीलताजस्ता कुराहरूमा नकारात्मक असर पुर्‍याउनुका साथै मानिसको जीवनमा धेरैखाले नकारात्मक प्रभाव पार्ने भएकाले हेटौँडा अस्पतालमा यो सेवा सञ्चालनमा ल्याउन लागिएकाे उनले जानकारी दिए।

यसका साथै, सामुदायिक रूपमा फार्मेसी सञ्चालन गरी स्थानीय तहमा प्रत्येक महिना एक दिन मनोचिकित्सासम्बन्धी ओपिडी सेवा प्रदान गर्ने उनको भनाइ छ।