१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वृज सिमेन्टले मिस नेपाल जोशीको ‘ब्युटी विथ ए पर्पोज’ अभियानमा सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o८:oo

वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले मिस वल्र्ड २०२३ प्रतियोगितामा सहभागी मिस नेपाल २०२२ प्रियंकारानी जोशीको अभियानमा सहयोग गर्ने भएको छ । कम्पनीले मिस नेपाल प्रतियोगितामा सहभागीलाई विगत सात वर्षदेखि सहयोग गर्दै आएको छ । 
डिसेम्बर २०२३ मा भारतमा हुने मिस वल्र्ड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीले प्रस्तुत गर्ने ‘ब्युटी विथ ए पर्पोज’ परियोजनामा सहभागिता रहने वृज सिमेन्टले जनाएको छ । ‘ब्युटी विथ ए पर्पोज’लाई मिस वल्र्डमा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिने कम्पनीले जनाएको छ । यो उपाधि नेपालले सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको छ ।

यस वर्ष प्रियंकारानी जोशी आफ्नो ‘ब्युटी विथ ए पर्पोज’ योजनाका लागि चितवनको इच्छाकामना गाउँपालिका वडा नं ७ मा रहेको उपरदाङगढीका चेपाङ महिलाको आर्थिक उत्थानमा केन्द्रित रहेको कम्पनीले जनाएको छ । अहिलेको समयमा पनि विद्युत्को पहुँच नभएको उपरदाङगढीमा पाँच सय जनसंख्या रहेको जनाइएको छ । विद्युत् उपलब्ध नभएका कारण यहाँका बासिन्दा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाबाट पनि वञ्चित रहेको जनाइएको छ । बिजुली नपुगेका कारणले ऊर्जाका लागि उपरदाङगढीवासी दाउरा, मट्टीतेल, गुइँठा आदिमा भर पर्न बाध्य रहेकाले यसको प्रत्यक्ष मारमा महिला परेका छन् । 

यो अवस्थाको अन्त्य गर्न र महिलाको आर्थिक विकास र प्रगतिलाई टेवा दिन प्रियंकारानी जोशीको उपरदाङगढीमा बिजुली ल्याउने, यहाँ सामुदायिक भवन निर्माण गर्ने, स्थानीय विद्यालयको जीर्णोद्धार गर्नेलगायतका सत्कार्यमा कम्पनीले सहकार्य गर्ने जनाएको छ । जोशीको परियोजनाका लागि आवश्यक पर्ने सिमेन्ट वृज सिमेन्ट र पुष्पतारा केडिया सेवा फाउन्डेसनले संयुक्त रूपमा प्रदान गर्ने कम्पनीले जनाएको छ । पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न क्षेत्रमा क्रियाशील सामाजिक संघ–संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाका लागि सहायता प्रदान गर्दै आइरहेको जनाएको छ । 

ad
ad