१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o८:oo

नजिकिँदो चाडपर्वमा उपत्यकाबाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुन्धारा, नागढुंगा, कलंकी, नयाँबसपार्क, चाबहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगातीलगायतका स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको हो ।

यातायात व्यवस्था विभागसँगको समन्वयमा सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ‘यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीहरूको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको हो,’ उनले भने ।

यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको चेक गर्ने, काउन्टरमा भाडादर टाँस्न लगाउनेछन् ।

सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्या ई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ । यससँगै नाकामा थप जनशक्ति परिचालन गरी विशेष चेकजाँचको व्यवस्था मिलाई यात्रुलाई पर्न सक्ने विभिन्न समस्या समाधान गरिने एसएसपी भट्टले बताए । 

ad
ad