१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४३:oo

एमालेको प्रदेश अधिवेशनलाई कसरी हेरिरहनुभएको छ ?
एमालेका अहिलेसम्म सम्पन्न पाँच प्रदेशको अधिवेशनले पार्टीमा अध्यक्ष केपी ओलीको उर्दी मान्न नेता, कार्यकर्ता तयार छैनन् भन्ने प्रस्ट गरेको छ । यसले पार्टीभित्र ओलीको ‘कमान्ड’ कमजोर भएको संकेत गरेको छ । घोषित पाँचमध्ये तीन प्रदेशमा उहाँले समर्थन गरेको समूह पराजित भई नै सक्यो । यसले पार्टीभित्र ओलीको विकल्पमा गठबन्धन बन्दै गरेको र पार्टी नेतृत्व संकटमा परेको संकेत गरेको छ । चितवन महाधिवेशनमा पूरै टिम खल्तीबाट घोषणा गर्ने हैसियतमा रहेका ओलीको शक्ति क्षीण भएको प्रदेश अधिवेशनले देखाएको छ । ओली कम्युनिस्ट एकताविरोधी भएकाले पार्टीमा उहाँ कमजोर भएमा अन्य कम्युनिस्ट शक्तिबिच एकता हुन सक्छ । 

प्यानल बनाएर निर्वाचन लड्न नदिने अध्यक्ष ओलीको घोषणाविरुद्ध उभिएर नेता, कार्यकर्ताले उनलाई च्यालेन्ज गरेका त होइनन् ?
त्यस्तै देखिन्छ । अहिले तुरुन्तै ओलीको नेतृत्वमाथि ‘च्यालेन्ज’ त भई नहाल्ला । तर, अबका दिनमा पार्टीभित्र विगतको जस्तो एकलौटी चल्दैन भन्ने संकेत भने अधिवेशनले गरेको छ । सबैलाई मिलाएर जानु नै राजनीति हो । तर, राजनीतिको मर्मविपरीत विरोधी आवाजलाई लखेटेर पार्टी चलाउने सोच राख्न थालेपछि पार्टी र स्वयं नेतृत्व कमजोर हुनु स्वाभाविक हो । 

अधिवेशनले पार्टीमा ओलीको ‘बा’वादमाथि प्रश्न उठाएको हो त ?
ओलीलाई बिगारेकै उहाँका ‘बा’वादी ‘फ्यान’हरूले हो । पार्टीमा बावादीहरू उहाँका नजिक भएपछि ‘कमरेड’हरू टाढिँदै गए । बावादीहरूले खुट्टा ढोग्ने पद्धति बसाए । जसले ओलीसहित एमालेलाई नै कमजोर बनायो । यसबारे ओलीको वेलैमा होस खुल्न जरुरी छ । 

ad
ad