१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

यात्रुको गुनासो सुन्न धादिङका ६ ठाउँमा यात्रु सहायता कक्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:३२:oo

धादिङको विभिन्न ठाउँमा प्रहरीले यात्रु सहायता कक्षा सुरु गरेको छ । यात्रुको गुनासो सुन्न र यात्रा सहज बनाउने उद्देश्यले विभिन्न ६ ठाउँमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो । नजिकिँदै गरेको दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गरी शनिबारदेखि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्षा हो । प्रहरी नै सडकमा उत्रिएर यात्रुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो । यात्रा गरिरहँदा चोरी भएमा, सवारीसाधनले वृद्धवृद्धा, महिला, अपांगता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पुर्‍याउन सवारीले ढिलाइ गरेमा जस्ता समस्या समाधान गर्न यात्रु सहायता कक्षाले सहयोग पुर्‍याउनेछ,’ उनले भने ।

मिश्रका अनुसार राजमार्ग क्षेत्रमा पाँचवटा र जिल्ला सदरमुकाममा एउटा हेल्प डेस्क स्थापना गरिएको छ । ‘धादिङबेँसी, महादेवबँेसी, गल्छी, गजुरी, जोगीमारा र खानीखोलामा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको छ,’ एसपी मिश्रले भने, ‘हामी सबैको चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना भन्ने मूल नाराका साथ यात्रु सहायता कक्षा सञ्चालन गरिएको हो । यात्रुलाई ठगिनबाट जोगाउन र सहज तथा सुरक्षित यात्राको साथ गन्तव्यमा पुग्न सहयोग पुर्‍याउने अपेक्षा रहेको छ ।’ 

जिल्ला प्रहरी कार्यालय धादिङले दसँै–तिहार विशेष सुरक्षा योजना शनिबारदेखि सुरु गरेको उनले बताए । ‘जिल्लामा भएको जनशक्तिबाहेक प्रदेश प्रहरी कार्यालयबाट ६५ जना जनशक्ति ल्याइँदै छ । दसैँ–तिहार यात्रु सहायता कक्षालगायत अन्य विभिन्न क्षेत्रमा उनीहरूलाई परिचालन गरिनेछ । त्यससँगै, प्रहरीले सेफ्टी पिन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । प्रहरीका साथीहरू सिभिलमा नागरिक बनेर यात्रा गरिरहेका छन् । सवारीसाधनमा हुन सक्ने ठगी र समस्याको पहिचान गरी कारबाही तथा समस्याको समाधान खोज्ने कार्य भइरहेको छ,’ उनले भने ।

ad
ad