१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:१५:oo

सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गएराति दुईपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ तथा गएराति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मंगलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रोपटक ३:०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टर स्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर एकजनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै, सयौँ घरमा क्षति पुगेको थियो ।

 केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै वेला पनि भूकम्प जान सक्ने बताउँछन्  । ‘विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,’ उनले भने । 

 पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

ad
ad