मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
२०८० असोज १७ बुधबार १४:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०८० असोज १७ बुधबार १४:२०:००

मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। 

मृत्यु हुनेमा ट्यांकरचालक हेटौँडा उपमहानगरपालिका– ९ का ३४ वर्षीय सिद्धान्त लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ। 

यस्तै, ट्यांकरका सहचालक धादिङको गजुरी गाउँपालिकाका प्रेम अधिकारी घाइते भएका छन्। उनको दाहिने खुट्टा घुँडामुनि भाँचिएकाे बताइएको छ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार पालिकाको वडा नम्बर ५ तिनलेस्थित धरान–चतरा सडकखण्डमा बा.१घ ५४४ नम्बरको दूध बोक्ने ट्यांकर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा  लामाको मृत्यु भएको हो।

प्रवक्ता भण्डारीले हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको उक्त दूध बोक्ने खाली ट्यांकर आफैँ अनियन्त्रित भई रोडबाट अन्दाजी एक सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जानकारी दिए।