मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
२०८० असोज १६ मंगलबार २१:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आचार्य श्रीनिवास पक्राउ

Read Time : < 1 मिनेट
२०८० असोज १६ मंगलबार २१:१४:००

हिन्दुधर्म गुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीबाट आचार्य श्रीनिवास भनेर चिनिने दिनेश पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार उनलाई साधारण सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीमाथि अनुसन्धान भइरहेको भन्दै थप विषय खुलाउन भने चाहेन। 

उनले साता दिनअघि धनुषाको एउटा कार्यक्रममा धार्मिक तथा सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको र उनीविरुद्ध उजुरी परेकोले पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ। 

नेपालगन्जमा भएको धार्मिक द्वन्द्वमा सामाजिक सञ्जाल फेसबुकबाट उनले तिखो टिप्पणी गरेका थिए। धरानमा मन्दिरको अगाडि धरानका मेयर हर्क साम्पाङले चर्च बनाएको भन्दै श्री निवासाचार्यले साम्पाङकोसमेत चर्काे आलोचना गरेका थिए। उनी २५ चैत ०७४ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा पनि पक्राउ परेका थिए।