१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरा विमानस्थलकाे उपकरणमा समस्या आएपछि काठमाडाैंबाट आएका दुई जहाज बाटोबाटै फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२४:oo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपकरणमा समस्या आएपछि काठमाडाैंबाट पोखराका लागि उडान भरेका दुई विमान पोखरामा अवतरण नगरी पुनः काडमाडौं फर्किएका छन् ।

सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडान भरेका यती र श्री एयरलाइन्सको विमान पोखरा विमानस्थलमा आएको प्राविधिक समस्याको कारण विमानस्थल आइपुग्नै लाग्दा बाटोबाटै काठमाडौं फर्किएका हुन् । 

विमानस्थलकी प्रवक्ता जशाेदा सुवेदीले आफूलाई यसबारेमा केही जानकारी नभएको बताइन् । ‘मैले सामाजिक सञ्जालमा हेरेर थाहा पाएकी हुँ । टावरले मलाई केही खबर गरेको छैन । उपकरणले काम नगरेर हाेइन होला, मौसमका कारण होला,’ उनको जवाफ थियो, ‘तैपनि टेलिफोन लाइनमा समस्या आएको भन्ने सुनेकी हुँ ।’ हाल सो समस्या समाधान भइसकेको उनले जानकारी दिइन् ।

ad
ad