Skip This
आयल निगमद्वारा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १४ आइतबार १४:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आयल निगमद्वारा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार १४:३o:oo

नेपाल आयल निगम लिमिटेडले शनिबार रातिबाट लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको भाउ फिर्ता लिएको छ। यो फिर्तासँगै अब पुरानै भाउ अर्थात् २९ भदौ रातिबाट लागू भएअनुसारको मूल्यमा पेट्रोलियम पदार्थको बिक्री–वितरण हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा मन्त्रिपरिषद् बैठकबाटै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिइएको थियो। 

त्यसलगत्तै आयल निगम व्यवस्थापले एक सूचना जारी गर्दै मूल्यवृद्धि फिर्ता लिएको जनाएको हो। मूल्यवृद्धि फिर्ता लिएपछि हुने घाटा रकम मूल्यस्थिरीकण कोषबाट भर्पाई हुने निगमले जनाएको छ।

अब बजारमा सोमबार बिहानदेखि पेट्रोल एक सय ८३, डिजेल र मट्टीतेल एक सय ७३ तथा आन्तरिक हवाई इन्धन रएक सय ३६ रुपैयाँ प्रतिलिटरमा नै किनबेच हुनेछ। त्यस्तै, बाह्य हवाई इन्धन १.०३६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास एक हजार आठ सय रुपैयाँ प्रतिसिलिन्डरमा नै कारोबार हुनेछ।