मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १४ आइतबार ११:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै रास्वपाले बहिष्कार गर्‍यो प्रधानमन्त्रीले डाकेको बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार ११:५९:oo

चाडपर्वहरूको मुखमा आमउपभाेक्तालाई मार पर्ने गरी मूल्यवृद्धि गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीले डाकेको बैठक बहिष्कार गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

उनले लेखेका छन्, ‘चाडपर्वहरूको मुखमा आमउपभोक्तालाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोधस्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको अन्य विषयको बैठक हामीले बहिष्कार गरेका छौँ। थप कार्यक्रमबारे जानकारी दिनेछौँ।’