१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३१:oo

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपाल (एन प्याब्सन)मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ ।

सो संगठनको ०७८ फागुन २४ गते नेपालगन्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि पाण्डव हमाल र दोस्रो १८ महिनाका लागि सहअध्यक्ष सुवास न्यौपाने अध्यक्ष हुने गरी सहमति भएको थियो।

हमालको कार्यकाल गत भदौ २४ गते सकिएको र अबको अध्यक्ष आफू भएको न्यौपानेको दाबी छ । तर, सहज रूपमा पद हस्तान्तरण नगरेको भन्दै न्यौपानेले यही असोज १३ गते कार्यक्रम आयोजना गरी पदस्थापनको तयारी गरेका छन्।

हमालले भने निर्वाचित कार्यसमितिमाथि केही व्यक्तिको बहकाउमा लागेर भ्रम फिँजाइएको र कुनै आन्तरिक सहमति भएको भए विधिवत रूपमा प्रस्ताव पेस गर्न आग्रह गरेका छन्। उनले आफूले तीनवर्षे कार्यकालका लागि शपथ लिएकाले विधान र स्थापित मूल्य–मान्यताबमोजिम काम गर्ने प्रस्ट पारे।

ad
ad