१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस बेइजिङ
२o८१ बैशाख २१ शुक्रबार १७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चीन र इयू साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् : चिनियाँ विदेशमन्त्री

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:४७:oo

चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली संघ (इयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन्।

हंगेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै उनले ‘बेल्ट एन्ड रोड’ सहयोगका लागि चीनसँग अन्तरसरकारी सहयोग दस्ताबेजमा हस्ताक्षर गर्ने हंगेरी पहिलो युरोपेली देश भएको बताए।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले चिनियाँ राष्ट्रपति सी जिनपिङ र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको रणनीतिक मार्गदर्शनमा चीन र हंगेरीबीचको ‘बेल्ट एन्ड रोड’ सहकार्यले फलदायी परिणाम दिएको र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धका लागि राम्रो उदाहरण प्रस्तुत गरेको बताए।

‘अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एन्ड रोड फोरममा हंगेरीको उपस्थितिलाई चीनले स्वागत गर्छ,’ वाङले भने, ‘चीन हंगेरीसँग पारस्परिक विश्वास र मित्रता बढाउन, सम्बन्धको विकासका लागि नयाँ रणनीतिक योजनाहरू बनाउन एवं नयाँ र बलियो गति प्रदान गर्न यस अवसरको उपयोग गर्न तयार छ।’

उक्त अवसरमा, चीन हंगेरी–सर्बिया रेलमार्गको सफल निर्माण सुनिश्चित गर्न र संयुक्त रूपमा चीन–हंगेरी व्यावहारिक सहयोगको सफल नमुना निर्माण गर्न हंगेरीसँग काम गर्न तयार रहेको वाङले बताए।

उनका अनुसार चिनियाँ विद्युतीय सवारीसाधनहरूमा इयूको अनुदानविरोधी अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको आधारभूत नियमहरूको उल्लङ्घन गर्दछ, जसले सम्भवतः विश्वव्यापी यातायात उत्पादनका औद्योगिक र आपूर्ति श्रृंखलालाई बाधा पुर्‍याउनेछ।

सिजार्तोले हंगेरी र चीनबीचको बेल्ट एन्ड रोड सहकार्यले महत्वपूर्ण परिणाम हासिल गरेको र यसबाट हंगेरीलाई धेरै फाइदा भएको बताए।

‘हंगेरीले अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एन्ड रोड फोरममा सक्रिय रूपमा भाग लिने, दुई पक्षबीच बेल्ट एन्ड रोड सहयोगलाई अझ प्रगाढ बनाउने र हंगेरी–सर्बिया रेलमार्ग निर्माणमा ठोस प्रगति गर्नेछ, जसले ताकि द्विपक्षीय सम्बन्धको थप विकासका लागि जोड दिनेछ,’ सिजार्तोले भने।

ad
ad