मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १४ सोमबार
  • Monday, 26 February, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ९ मंगलबार १८:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लापर्बाही भए उजुरी गर्नु, चिकित्सकमाथि आक्रमण होइन : मेडिकल काउन्सिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ९ मंगलबार १८:२८:००

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूमाथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले स्वास्थ्य उपचारका क्रममा चिकित्सकले लापर्बाही गरी कुनै घटना भए उजुरी दिन आग्रह गरेको छ।

‘नेपाल मेडिकल काउन्सिलमा उजुरी नगरी चिकित्सकउपर भौतिक आक्रमण गर्ने कार्यले कसैलाई पनि हित नगर्ने हुँदा पीडित पक्षले यस काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असरबारे जानकारी गराउन काउन्सिल अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

त्यस्ता घटनाहरूको छानबिन भइरहेको उल्लेख गर्दै काउन्सिलले चिकित्सकमाथि कुनै प्रकारको आक्रमण नगर्न तथा स्वास्थ्य उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउन अपिल गरेको छ।