
दाङमा यात्रुवाहक रात्रिबस दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख०३६२ नम्बरको को यात्रुवाहक रात्रिबस बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका– ९ शिवखोलामा बस दुर्घटनामा परी घाइते भएका यात्रुहरूको उपचारका लागि लमही अस्पताल पठाउने थालिएको छ । बसमा ४५ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन । बस सडकमा पल्टिएको छ ।