सुशील कोइराला सोसलिस्ट युथ सर्कलको केन्द्रीय समिति विस्तार

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

कांग्रेसनिकट सुशील कोइराला सोसलिस्ट युथ सर्कलको केन्द्रीय समिति विस्तार भएको छ। 

सर्कलले आज एक विज्ञप्ति जारी गर्दै १५० नयाँ सदस्य मनोनीत गरेको जानकारी दिएको छ।

अध्यक्ष ताराबहादुर थापाका अनुसार यसअघि नौसदस्यीय केन्द्रीय समिति थियो। सर्कलको सांगठनिक विस्तारसँगै गतिविधिलाई प्रभावकारी ढंगले अगाडि बढाउने सर्कलले जनाएको छ।

सुझावित समाचार