१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जन्मथलो ताङ्लीचोकमा हर्क गुरुङको सम्झना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४८:oo

स्वर्गीय भूगोलविद् डा. हर्क गुरुङलाई लमजुङका स्थानीयले सम्झिएका छन् । डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानद्वारा  उनको जन्मथलो मर्स्याङ्दी गाउँपालिका– ७ ताङ्लीचोकमा सम्झना गरिएको छ । गुरुङको १७औँ स्मृति दिवसको अवसरमा  स्थानीयले डा. गुरुङको समाधिस्थलमा माल्यार्पण गरेर सम्झिएका हुन् ।

गुरुङको महानता र योगदानको उच्च सम्मान गर्दै जन्मथलोमा स्थानीयले सम्झिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य जमिन्द्रमान घलेले डा. हर्क गुरुङलाई राज्यले उचित सम्मान दिन नसकेको बताए । संविधानसभा सदस्य घलेले डा. हर्क गुरुङले पेस गरेका योजना र विचार कार्यान्वयन गर्न आवश्यक रहेको बताए । 

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले डा. हर्क गुरुङ मर्स्याङ्दीको मात्रै नभएर, लमजुङको मात्रै नभएर देशकै नामलाई संसारमा चिनाउने व्यक्ति भएको बताए । जिल्ला र मुलुकले महान् व्यक्ति गुमाएको र यस्ता व्यक्ति मुलुकले पाउनलाई धेरै समय लाग्ने बताए । उनले गुरुङको विचारलाई सबैले पछ्याउनुपर्ने बताए ।

कार्यक्रममा सहभागीले गाउँलाई पर्यटकीय र अध्ययनस्थल बनाउन तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।   

डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष  तिलबहादुर गुरुङका अनुसार भूगोलविद् डा. हर्क गुरुङको १७औँ वार्षिकी तथा स्मृति दिवसमा औपचारिक कार्यक्रम गरेर श्रद्धाञ्जली अर्पण गरिएको हो । उनका अनुसार डा. हर्क गुरुङको समाधिस्थल वरपर ३० रोपनी जग्गाको व्यवस्थापन गरेर आवश्यक भौतिक संरचना निर्माण थालिएको छ ।

वि.सं. १९९५ साल पुस २१ गते (सन् १९३९ जनवरी ५) का दिन बाबु पारसै गुरुङ र आमा मैस्योको कोखबाट जन्मेका डा. हर्क बहुमुखी प्रतिभाका धनी व्यक्ति थिए । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परी ७ असोज ०६३ सालमा उनको मृत्यु भएको थियो । त्यतिवेला डाक्टर हर्क गुरुङ, वातावरणविद् डाक्टर चन्द्रप्रसाद गुरुङसहित २४ जना देश–विदेशका विज्ञहरूको मृत्यु भएको थियो ।
 

ad
ad