जसपाको कोशी प्रदेश समिति पुनर्गठन

आइतबार, ७ असोज, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टी, नेपालको कोशी प्रदेश समिति पुनर्गठन भएको छ। शनिबार इटहरीस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रमबाट दीपक याक्खाको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो 

समितिको उपाध्यक्षमा सविता यादव, प्रेम बनेम, दीपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरूमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन्।

बैठकले निर्वाचन आयोगको प्रमुखमा विनोद नेम्वाङ, लेखा परीक्षण आयोगको प्रमुखमा केवलराम राई, अनुशासन आयोगको प्रमुखमा नवीन राई र सचिवमा दीर्घमान तामाङलाई चयन गरेको छ।

See More On

सुझावित समाचार