मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ६ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ६ शनिबार १३:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्षमा निर्विरोध भएपछि चन्द भन्छन्– अघिल्लो कार्यकालभन्दा राम्रो काम गर्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ६ शनिबार १३:२७:oo

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा निर्विरोध भएपछि चतुरबहादुर चन्दले अघिल्लो कार्यकालमा भन्दा राम्रो काम गर्ने बताएका छन्।

निर्विरोध पुनः अध्यक्ष भएपछि उनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। पद पाएपछि जिम्मेवारी बढेको महसुस भएको भन्दै उनले यो कार्यकालमा फरक तरिकाले काम गर्ने बताए।

‘मैले ठीक्क रुपले लिएको छु। धेरै एक्साइटेड पनि छैन। किनभने पद पाएपछि जिम्मेवारीको बोझ अझै धेरै बढेकोजस्तो लागेको छ। अलिअलि मनमा डर पनि छ,’ उनले भने, ‘ट्याकल गर्न सक्छु। अघिल्लो कार्यकालभन्दा अलि भिन्न तरिकाले अघि लान सक्छु भन्ने अठोटका साथ अघि बढ्ने प्रयास गर्छु।’

बर्दियाका विनय राजभण्डारीले मनोनयन दर्ता गर्ने क्रममा नाम फिर्ता लिएपछि चन्द निर्विरोध अध्यक्ष भएका हुन्।